breakingसमाचारनेपाली कांग्रेस

कांग्रेस नेता तथा पूर्वमन्त्री ताम्राकारको निधनप्रति वीपी विचार राष्ट्रिय समाज दुःखीत

११ वैशाख, काठमाडौैँ÷ पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता रामकृष्ण ताम्राकारको निधनप्रति वीपी विचार राष्ट्रिय समाजले गहिरो दुःख ब्यक्त गरेको छ । वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सभापति केवी गुरुङले नेपाली काँगे्रसका पूर्व कोषाध्यक्ष समेत रहेका नेता ताम्राकारको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको बताएका हुन् । बुधवार एक समवेदना सन्देश जारी उनले परिवारजनमा समवेदना व्यक्त गर्दै अमरआत्माको मुक्तिको कामना गरेका छन् ।
 
यसैबीच, वीपी विचार राष्ट्रिय समाजका सहसभापति गोविन्दराज जोशीले समेत नेता ताम्राकारको निधनप्रति गहिरो दुःख ब्यक्त गरेका छन् । बुधवार एक समवेदना सन्देश जारी गदै उनले नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा नेपाली कांग्रिसका कुशल सङ्गठन कर्ता ताम्राकारको निधनले काँग्रेसले एक इमानदार नेता गुमाएको बताएका हुन । दुःखत घडीमा दिवङ्गत आत्मा प्रति उनले हार्दिक श्रद्धान्जली प्रकट गदै शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गरे ।
 
यसैवीच पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता रामकृष्ण ताम्राकारको निधनका कारण वीपी विचार राष्ट्रिय समाजको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । बुधवार समाजको केन्द्रीय कार्यालय चण्डोलमा बस्न लागेको बैठक स्थगित भएको समाजका केन्द्रीय महासचिव विनयध्वज चन्दले जानकारी दिए ।
 
उपचारको क्रममा मंगलबार ललितपुरस्थित अल्का अस्पतालमा नेता ताम्राकारको निधन भएको हो । रुपन्देहीको सिद्धार्थ नगरपालिका भैरहवा निवासी ताम्राकार लामो समयदेखि क्यान्सरबाट पिडित थिए। भने पछिल्लो समय उनलाई निमोनिया देखिए पछि उपचारका लागि अस्पताल भर्ना भएर उपचार गराइ रहेका थिए। ताम्राकार स्वास्थ्य मन्त्रालय र उद्योग, वाणिज्य मन्त्रालयको जिम्मेवारी सम्हाले थिए। उनी २०४८ र २०५१ मा रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्षसमेत भएका ताम्राकार गिरिजाप्रसाद कोइरालाका विश्‍वास पात्र समेत मानिन्थे। केही बर्ष अघि हवाइ जहाज दुर्घटनामा छोराको निधन भएपछि राजनीतिमा खासै सक्रिय नदेखिएका ताम्राकार गिरिजाप्रसादको कार्यकालमा प्रभावशाली नेताका रुपमा चिनिएका थिए ।
 

nema
Show More

Related Articles

Back to top button