समाचारसमाज

नेपालमा पहिलो पटक मानिसमा ‘बर्ड फ्लू’, एक जनाको मृत्यु

काठमाण्डौ÷ बर्डफ्लूको संक्रमणका कारण काभे्रका एकजनाको मृत्यु भएको छ । चरा र कुखुरालगायत पंक्षीमा देखिएको बर्डफ्लू मानिसमा पनि सरेको पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार काभ्रेका २१ वर्षीय एक युवकको बर्डफ्लू ९एच फाइब एन वान० बाट ज्यान गएको पुष्टि भएको हो । ज्वरो र खोकी लागेर अस्पताल पुगेका उनलाई इन्फ्लुएन्जाको औषधि दिइएको थियो । तर उनको श्वासप्रश्वासमा समस्या भएर गएको गत चैत १५ गते नै मृत्यु भएको थियो ।
बिरामी भएर उपचारका लागि अस्पताल पुर्‍याइएका ती युवकको र्‍यालको परीक्षण पछि उनलाई बर्ड फ्लू भएको भन्ने पुष्टि भएको हो ।
नेपालमा बर्ड फ्लू पुष्टि भएको यो पहिलो घटना हो । घटनाको जानकारी गराउन बिहीबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरिएको थियो । मृतकको नाम भने गोप्य राखिएको छ । घटनापछि स्वास्थ्य सचिव डा। पुष्पा चौधरीले अप्रत्यासित घटना भएको बताएकी छिन ।

nema
Show More

Related Articles

Back to top button