समाचारसंस्था गतिबिधीनेपाली कांग्रेस

वीपी विचार समाज तनहुँको सभापतिमा डिल्लीराम अधिकारी चयन

२८ वैशाख, तनहुँ÷ बीपी विचार समाज तनहुँको चौथो अधिवेशन तथा आठौं साधारण सभा सम्पन्न भएको छ । अधिवेशनले यसअघिका कार्यवाहक सभापति डिल्लीराम अधिकारीलाई सभापतिमा चयन गरेको छ । बाँकी पदाधिकारी सभापतिले चयन गर्ने बताइएको छ ।
तनहुँको डुम्रे बजारमा सम्पन्न कार्यक्रममा बीपी विचार राष्ट्रिय समाजका सह सभापति गोविन्दराज जोशीले संगठनात्मक हिसाबले गाउँ गाउँमा पु¥याएर बीपीको सच्चा विचार बोक्नेलाई आवद्ध गर्न सुझाव दिए । उनले समाजको ७७ वटै जिल्लामा संगठन रहेको र कांग्रेसमा आवद्ध बीपीको विचारलाई मनन गर्ने आवद्ध रहेको बताए ।
डिल्लीराम अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष गोपालप्रसाद भण्डारी, सचिव हरिशरण पण्डित, कोषाध्यक्ष चिनु पोख्रेल, क्षेत्रीय सभापतिहरु रामदेव पन्थ र इन्द्रप्रसाद पौडेल, जिल्ला सदस्य परशुराम गिरीलगायतले बोलेका थिए ।
भवन निर्माण समितिका सचिव कृष्णप्रसाद सोतीले समाजको भवन दोश्रो तल्ला ढलान हुन लागेको जानकारी दिए । अधिवेशनले संस्थाको विधान सर्वसम्मतिले संसोधन गरेको छ ।

nema
Show More

Related Articles

Back to top button