समाचार

मिडिया काउन्सील विधेयक संसदबाट पास हुने नदिने काँगे्रसको दाबी

४ जेठ, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको मिडिया काउन्सीलसम्बन्धी विधेयक कांग्रेसले कुनैपनि हालतमा सदनबाट पास गर्न नदिने अडान लिएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका काँगे्रस सभापति देउवाले नेपालको संविधानले नै प्रेस स्वतन्त्रतालाई सुरक्षित गरेको अवस्थामा वर्तमान सरकारले कानुन ल्याएर प्रेसलाई नियन्त्रण गर्न खोजेको आरोप लगाए ।
शनिवार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले ‘ पत्रकारले जे पाए त्यही लेख्दा समाजले त्यस्ता पत्रकारलाई नपत्याउने र आफैं सकिने बताए ।
अर्को एक प्रसंगमा देउवाले केपी शर्मा ओलीको नेतृत्वको सरकारले मुलुक र जनताको लागि सिङ्को समेत भाँच्न नसकेको टिप्पणी गरे ।

nema
Show More

Related Articles

Back to top button