समाचारनेपाली कांग्रेस

विराटनगरमा रोएर मिडिया काउन्सिल विधेयकको विरोध

विराटनगर÷ सरकारले ल्याउन लागेको मिडिया काउसिन्ल संवन्धि विधेयकको बिरोधमा विराटनगरमा पत्रकाहरुले नयाँ शैली अपनाएका छन् ।
नेपाल प्रेस युनियन मोरङ शाखाको अगुवाईमा पत्रकाहरुले मिडिया काउन्सिलको बिरोध गर्दै आइतबार जिल्ला प्रशासन कार्यालय अगाडी रोएर बिरोध जनाएका हुन । कम्युनिस्टको शासनमा रुन पनि पाइदैँन भन्ने कांग्रेस सभापति शेरबहादुर देउवाको भनाईको नक्कल गर्दै प्रेस युनियन मोरङले प्रशासन अगाडि रोएर मिडिया काउन्सिलको बिरोध जनाएको हो ।
रुवाबासी गर्दै एक घण्टा भएको बिरोध कार्यक्रम प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष लीलाबल्लभ घिमिरे, मोरङ अध्यक्ष कुमार लुँइटेल, पत्रकार अनन्तराज न्यौपानेलगायत सहभागी भएका थिए ।
प्रर्दशनमा नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेश समिति अध्यक्ष बिक्रम लुईंटेल, महासचिव बिबेक गौतम, शाखा अध्यक्ष बन्धु पोखरेलसहित पत्रकार संगठनका अगुवा र सकृय पत्रकारहरुको सहभागिता थियो ।

nema
Show More

Related Articles

Back to top button