समाचारनेपाली कांग्रेस

गगन थापाको प्रश्न ः म सांसद भएर खुशी हुँ कि नागरिक भएर दुः खी हुँ ?

काठमाण्डौ ÷ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारा बजेटमा प्रतिबिम्बित हुन नसकेको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०७६र७७ को बजेटमाथिको छलफलमा सहभागी हुदै सांसद थापाले सरकारको लक्ष्यअनुसार बजेटमा विकासको दर्शन आउन नसकेको टिप्पणी गरेका हुन ।
बलियो सरकारले ल्याएको बजेटमा विकासको प्रस्थान विन्दु गाउँ हो कि शहर हो भन्ने मा नै अन्योल देखिएको उनको तर्क छ । बजेटमा आर्थिक विकासको र राजश्वको लक्ष फेला नपरेको, नेकपाको विकास दर्शन र सिद्धान्त फेला नपरेको तथा मन्त्रालयगत प्राथमिकता निरासाजनक भएको थापाले बताए । बहुमतको सरकारले देशको आर्थिक विकासका लागि निरन्तरतामा क्रम भंग गरी रुपान्तरणको बाटोमा अघि बढ्छ भन्ने नागरिकको अपेक्षा सम्बोधन गर्न सांसद थापाको भनाई छ ।
समुन्नत अर्थतन्त्रका लागि पर्यटन, राजश्व परिचालन लगायत क्षेत्रमा प्रभावकारी सुधार आउन नसकेको थापाको भनाई छ ।बजेटमा आएका निर्वाचन क्षेत्र र वृद्धा भत्ताका कार्यक्रमलाई मात्रै हेरे खुशी हुँ कि दुखी हुँ भनी उनले प्रश्न समेत गरे ।
मजस्तो एउटा व्यक्ति सांसद भएर खुशी हुँ कि नागरिक भएर दुखी हुँ ? खुशी हुँ कि दुस्खी हुँ । म अलमलमा परेको छु । उनले भने

nema
Show More

Related Articles

Back to top button