समाचार

भूकम्प आउँछ भन्दै भ्रम फैलाउने ज्योतिष अर्जुन क्षेत्री पक्राउ

काठमाण्डौ – जेठ महिनामा एकदमै ठूलो विनाशकारी भूकम्प आउँछ भनेर भ्रम फैलाएको भन्दै युवा ज्योतिष अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
बेलाबेला विभिन्न विवादमा पर्दै आएका ज्योतिष क्षेत्रीलाई महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले मंगलबार गौशालाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनको यस्तो भ्रमात्मक भविष्यवाणीले सर्वसाधारणलाई त्रशित पारेको भन्दै उनलाई गरिएको हो ।
ज्योतिष क्षेत्री पछिल्लो पटक विभिन्न विषयमा भविष्यवाणी गरेर मिडियामा छाइरहेका थिए । प्राकृतिक विपदबारे आम मानिसमा भ्रम सिर्जना गरेकोले ज्योतिष क्षेत्रीमाथि फौजदारी अभियोगको आरोप लागेको प्रहरीको भनाई ।

nema
Show More

Related Articles

Back to top button