breakingसमाचारनेपाली कांग्रेस

सरकारले गुठीको मूल मर्ममा प्रहार गरेको काँगे्रस नेता सिँहको दाबी

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं सांसद प्रकाशमान सिंहले सरकारले ल्याएको गुठी सम्बन्धि विधेयकले गुठीको मूल मर्ममा प्रहार गरेको आरोप लगाएका छन् ।
बुधवार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी काँग्रेसका सांसदहरुले उठेर विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले सिंहलाई बोल्न समय दिएका थिए ।
आफ्नो धारणा राख्दै नेता सिंहले गुठीलाई व्यवस्थित गर्ने नाममा प्राधिकरणको नाम दिएर निजी गुठीलाई नियन्त्रण गर्न खोजेको भन्दै आपत्ति जनाए ।
सांसद सिंहले संबिधानले समेत निजी सम्पत्ति, गुठी, संघ संस्थालाई जोगाउने ग्यारेन्टी गरेकोमा सरकारले निजी सम्पत्तिमाथि आउने दिनमा राज्यको नियन्त्रणमा राख्ने प्रयास गरेको दाबी गरे ।
विधेयक सरोकारवाला गुठीयारसँग समेत छलफल बिना नै ल्याएको बताउदै हजारौ बर्षदेखि चल्दै आएको संस्कार र्संस्कृतिलाई जोगाउनु पर्नेमा सरकारले गुठीको मूल मर्ममा प्रहार गर्ने किसिमले, खराब नियतले ल्याएको आरोप लगाए ।
सांसद सिंहले गुठी विधेयक तत्काल फिर्ता लिएर सरोकारवालाहरुसँगको छलफल पछि मात्र विधेयक ल्याउन माग गरेका छन् ।

nema
Show More

Related Articles

Back to top button