समाचार

गुठि विधेयक पूर्ण रुपमा खारेज गर्न राप्रपाकोको माग

८ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गुठी विधेयक पूर्ण रुपले खारेज गर्न माग गरेको छ । केन्द्रीय समितिको विस्तारित बैठकको निर्णय जानकारी गराउन आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले गुठि विधेयक खारेज गरेर नयाँ विधेयक ल्याउनुपर्नेमा जोड दिए ।
अध्यक्ष कमल थापाले नेपालको सनातन धर्म संस्कृतिलाई मास्ने गरी यो विधेयक आएको आरोप लगाए । थापाले गुठी विधेयकको विरोधमा भएको सडक आन्दोलनमा आफूहरुको ऐक्यवद्धता रहेको उल्लेख गरेका छन् ।
राप्रपाले पार्टीको केन्द्रीय महाधिवेशन २०७७ जेठ महिनामा गर्ने पनि निर्णय गरेको छ ।

nema
Show More

Related Articles

Back to top button