समाचारनेपाली कांग्रेस

नागरिकलाई किताब पढ्ने कोटा तोकिदिन सांसद गगन थापाको सुझाव

काठमाडौं, असार ८ । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले सरकारलाई नागरिकका लागि वर्षमा कति किताब पढ्न पाउने भन्नेबारे कोटा तोकिदिन सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकको शुन्य समयमा बोल्दै सांसद थापाले नयाँ बजेटले किताब आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने निर्णय गरेकोमा असन्तुष्टि जनाए । सरकारले स्वदेशी मुद्रण उद्योगलाई फाइदा पुग्ने भन्दै गरेको सो निर्णयको उनले आलोचना गरेका हुन् ।
नेपाली प्रकाशकले अन्य मुलुकमा छापेर ल्याउने किताबमा यसअघि नै लगाउँदै आएको १५ प्रतिशत भन्सारले कुनै बदलाव नल्याएको उनको तर्क थियो ।
उनले सरकारलाई सुझाव दिँदै भने, ‘विदेशबाट आउने नेपालीले एक पटकमा कतिवटा पुस्तक लिएर आउन पाउने रु कोटा तोक्दिनुस् ।’ त्यसको अनुगमन गर्न विमानस्थल लगायतका ठाउँमा सुरक्षा जाँच कडा पार्न पनि उनले सुझाव दिए ।

nema
Show More

Related Articles

Back to top button