अन्तर्वार्ता

सिंगापुरमा आयोजना हुने आईसीसी टी—ट्वान्टी विश्वकप एसियाका लागि नेपाली टोलीको घोषणा

१५ असार, काठमाडौैँ÷ सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।शनिवार पत्रकार सम्मेलन गरेर प्रशिक्षक उमेश पटवालले पारस खड्काको कप्तानीमा विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा गरेका हुन ।
बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट १४ जना छानिएको पटवालले जानकारी दिनुभयो । टोलीमा ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी र करण केसी छनोट भएका छन । त्यस्तै ललित नारायण राजवंशी , अविनाश बोहरा, पवन सर्राफ, प्रदीप ऐरी , रोहित कुमार पौडेल, सन्दीप लामिछाने , शरद भेषवाकर र सोमपाल कामीले पनि टोलीमा स्थान बनाएका छन । सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल खेल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ । नेपाल आफनो पहिलो खेलमा कतारको सामना गर्नेछ । नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ । एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button