समाचार

स्थानीय पाठ्यक्रम बनाउने कर्णाली सरकारको तयारी

सुर्खेत– कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कर्णालीमैत्री पाठ्यक्रम निर्माण गर्ने तयारी गरेको छ ।
आर्थिक वर्ष २०७६÷ ७७ मा स्थानीय पाठ्यक्रम निर्माणका लागि मन्त्रालयले ५० लाख रुपैयाँ बजेट विनियोजन समेत गरेको छ ।
सरकारले कर्णालीका विद्यार्थीले रैथाने भाषा, कला–संस्कृति प्राकृतिक र ऐतिहासिक सम्पदाका बारेमा ज्ञान हासिल गरुन् भन्ने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माणमा जोड दिएको हो।
पाठ्यक्रम निर्माण गरिँदा आफ्नो भूगोल, समुदाय र संस्कृतिलाई प्राथमिकतामा राखिने सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए । खस भाषाको जननी कर्णालीमै उक्त भाषा लोप हुन थालेकाले पाठ्यक्रम निर्माण गर्ने योजना अघि सारेको मन्त्री रावलको भनाई छ ।

nema
Show More

Related Articles

Back to top button