समाचार

नेकपा नेता अग्नि सापकोटाविरुद्धको मुद्दाको अन्तिम सुनुवाई सुरु

काठमाडौँ – नेकपाका स्थायी कमिटि सदस्य अग्नि सापकोटा सहितका नेताविरुद्ध परेको कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारदेखि सुनुवाइ सुरु भएको छ ।
काभ्रे छत्रबाँझका अर्जुन लामाको हत्यामा संलग्न भएको भन्दै उनीकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते दायर गरेको कर्तव्य ज्यान मुद्दामा अन्तिम सुनुवाई सुरु भएको हो ।
२०६२ वैशाख १६ गते तत्कालीन माओवादी कार्यकर्ताको अपहरणमा परेका लामाको शव दुई महिनापछि काभ्रेकै बुढाखानी गाविसको चारकिल्ला भन्ने ठाउँमा फेला परेको थियो ।
घटनामा सापकोटा, पूर्वसहायक ऊर्जामन्त्री सूर्यमान दोङलगायतलाई विपक्षी बनाइएको छ । मुद्दामाथि सुनुवाइ गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओम प्रकाश मिश्रको इजलासले २०७२ साल चैत २२ गते मुद्दाको अन्तिम सुनुवाइ संवैधानिक इजलासबाट गर्न आदेश दिएको थियो ।
कतव्य ज्यान मुद्दासँगै सापकोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला २०६८ असार ६ गते कनकमणि दिक्षीतले दायर गरेको अवहेलना मुद्दा र ७२ चैत २६ सुशील प्याकुरेलले दायर गरेको रिट निवेदनसमेत सँगै राखेर सर्वोच्चले अन्तिम सुनुवाई थालेको हो ।
मुद्दाको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले आफूसहित वरिष्ठतम न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की संवैधानिक इजलास गठन गरेका छन् ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button