समाचार

देशैभर बाढी र पहिरोमा परि ८ जनाको मृत्यु , ४ जना बेपत्ता

काठमाण्डौ – लगातारको झरीका कारण आएको बाढी पहिरोमा परि देशभभर ८ जनाको ज्यान गएको छ । त्यस्तै बाढीले बगाएर चार जना हराएका छन् ।
पहिरोमा पुरिएर भोजपुरमा दुई जनाको ज्यान गएको छ । रामप्रसाद राई गाउँपालिका ७, बासिखोराका जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका ९, लेखर्कका जनक विकको ज्यान गएको प्रहरीले जनाएको छ ।
यस्तै, पहिरोले घर पुर्दा काभ्रेको बनेपामा पनि दुई जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । बनेपा नगरपालिका–३, चुनतालमा पहिरोले घर बगाउँदा हजुरआमा गोमा दंगाल र उहाँकी नातिनी सुहावी दंगालको ज्यान गएको हो ।
यस्तै गोठ भत्किँदा रामेछाप नगरपालिका–५, रामपुरकी पदमकुमारी सुनुवारको ज्यान गएको प्रहरीले जनाएको छ ।
त्यस्तै सिन्धुलीको फिक्कल गाउँपालिका–१, महादेवडाँडाकी हेमकुमारी सुनुवारको पहिरोले बगाएर ज्यान गएको छ । बिहान गाईबस्तुलाई कुँडो दिँदै गर्दा पहिरोले गोठ बगाउँदा सुनुवारको ज्यान गएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button