breakingसमाचार

बाढी तथा पहिरोका कारण देशभर २८ जनाको मृत्यु, ४३५ घर विस्थापित

काठमाडौँ – लगातारको वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ । देशका विभिन्न जिल्लामा १३ जना बेपत्ता तथा २१ जना घाइते भएका छन् ।
भोजपुरमा पाँच, ललितपुरमा चार, काठमाडौँ र खोटाङ्गमा तीन–तीन जनाको ज्यान गएको छ । यस्तै सिन्धुली, काभ्रे तथा मकवानपुरमा दुई–दुई जनाको मृत्यु भएको हो । झापा, इलाम, ओखलढुंगा, बारा, पर्सा, रामेछाप र धादिङमा एक एक जनाको ज्यान गएको छ ।
यस्तै पहिरोका कारण विभिन्न जिल्लाका सडक अवरुद्ध भएका छन् । महोत्तरीमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको पूल बगाउँदा यातायात अवरुद्ध बनेको छ ।
काभ्रेमा विपि राजमार्ग, हेटौँडा राजमार्ग, कान्तिलोक पथ र त्रिभूवन पथ बन्द भएका छन् । यस्तै विभिन्न जिल्लामा पहिरोका कारण स्थानीय सडक समेत अवरुद्ध भएका छन् । बाढीपहिरोका कारण ४३५ घर परिवार विस्थापित भएका छन् । यस्तै १६५ जनालाई उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button