समाचार

सप्तकोसीमा खतराको संकेत, ३३ वटा ढोका खुल्ला

२८, असार÷ सप्तकोसी नदीमा पानीको बहाव यस वर्षकै उच्च भएको छ । शनिवार बिहान ८ बजे गरिएको मापन अनुासर पानीको बाहब प्रतिसेकेण्ड दुई लाख २५ हजार २ सय ५ क्युसेक पुगेको छ । पानीको वहाव नरोकिएपछि सप्तकोसीमा ५६ ढोकामध्ये ३३ वटा ढोका खुला गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । पानीको बाहबले खतराको तह पार गरेसँगै हिजादेखि नै कोसी ब्यारेजमा रातो बत्ती बालिएको छ । सप्तकोसी नदीको जलस्तर सुनसरीको चतरामा सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकाले सचेत रहन आग्रह गरिएको छ । चतरामा बढेको पानीको बहाव कोसी ब्यारेजसम्म आइपुग्न दुईदेखि तीन घण्टासम्म लाग्ने भएकाले सुनसरी र सप्तरी जिल्लाका नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो ।

nema
Show More

Related Articles

Back to top button