समाचार

बैैँकहरुमा लगानी योग्य रकम बढ्यो

३० असार, काठमाडौैँ÷ सरकारले असारे खर्च र रकम भुक्तानीको क्रम बढाएपछि बैंकहरुमा लगानीयोग्य रकम बढेको छ । बैंकहरुमा अहिले ६२ अर्ब लगानीयोग्य रकम रहेको नेपाल राष्ट्र बैैँकले जनाएको छ । तरलता बढेसँग अन्तर बैंक सापटीको ब्याज दर पनि घटेर तीन प्रतिशत भन्दा तल झरेको छ । एक महिना अघि बैंकहरुमा लगानीयोग्य रकम अभाव हुँदा तरलता २३ अर्बमा खुम्चिएको थियो भने अन्तर बैंकर ब्याज दर साढे सात प्रतिशत सम्म पुगेको थियो । भोलिसम्ममा सरकारलाई आय कर तथा अन्य कर दाखिला गरिने हुँदा धेरै रकम सरकारी कोषमा जाने बताइएको छ । असार महिनामा कर्जा प्रवाह रोकेर असुली तर्फ ध्यान दिएकाले बैैँकहरुमा रकम जम्मा हुने क्रम पनि बढेको छ ।

nema
Show More

Related Articles

Back to top button