breakingसमाचार

कांग्रेसमा दुई वर्षभित्र नयाँ नेतृत्वसहित आमूल परिवर्तन हुने नेता सिटौैलाको दाबी

काठमाडौं । नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले दुई वर्षभित्र कांग्रेसमा नयाँ नेतृत्वसहित आमूल परिवर्तन हुने दावी गरेका छन् ।
नेता सिटौलाले सभापति शेरबहादुर देउवालाई आजको स्थितिले काँग्रेस अगाडि जान नसक्ने भन्दै यसमा आमूल परिवर्तन ल्याउन पनि सल्लाह दिएका छन् ।
उनले विचारमा, शैलीमा, सोचमा, व्यवहारमा र कार्यक्रममा धेरै कुरामा परिवर्तन ल्याउनु पर्ने भन्दै आफूले यसलाई आमूल परिवर्तन भन्ने गरेको बताए ।
हिमालय टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम टफ टकमा कार्यक्रम संचालक दिलभुषण पाठकसंग बोल्दै नेता सिटौलाले आगामी दुई वर्षमा काँग्रेसमा पुरै नयाँपन हुने दावी गरे ।
उनले नेतृत्व पनि नयाँ आउने र यसको विचार, शैली, कार्यपद्धति, यसको समग्र देशलाई हेर्ने चिन्तनधारामा नै नयाँपन आउने बताए ।
उनले अर्को वर्ष हुने काँग्रेसको महाधिवेशनबाट आम जनताले काँग्रेसको नयाँ रुप देख्न पाउने समेत बताए ।
काँग्रेस नेता सिटौलाको बिहीबार राति प्रशारित अन्तर्वार्ताको भिडियो यस्तो छ ।

nema
Show More

Related Articles

Back to top button