समाचार

बाजुरामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ घाइते

३ साउन, काठमाडौैँ÷ बाजुरामा शुक्रबार बिहान जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । कर्णाली करिडोरअन्तर्गत जगन्नाथ गाउँपालिका भुवाखोलामा भएको जीप दुर्घटनामा ११ जना घाइते भएका छन्। । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ । क १ ज २१ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलयका प्रमुख डिएपी उद्धवसिंह भाटले जानकारी दिनुभयो । मृत्यु हुनेमा मुगु जिल्ला खत्याड गाउँपालिका ६ बस्ने रामबहादुर शाही र कालिकोट घर भएका जीप चालक रमेश बोगटी रहेको प्रहरीले जनाएको छ । जीप उकालोमा चढ्न नसकेर सडकबाट ५० मिटर तल खसेको बताएको छ । घाइेलाई प्राथामिक स्वास्थ्य केन्द्र कोल्टी लगिएको छ । चारजना गम्भीर घाइतेको हेलिकप्टरमार्फत अन्यत्र लैजाने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button