समाचारनेपाली कांग्रेस

नेपाल विद्यार्थी संघले सोध्यो – निर्मलालाई न्याय कहिले सरकार ?

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुरा भएको छ ।
एक वर्षको स्मृतिमा नेपाली काँगे्रसको भातृ संगठन नेपाल विद्यार्थी संघ ले ‘निर्मलालाई न्याय कहिले सरकार ? भन्ने दबाबमुलक कार्यक्रम गरेको छ ।
राजधानीको माइतीघरमा नेविसंघको आयोजनामा भएको विरोध कार्यक्रममा विद्यार्थी, अधिकारकर्मीसंगै सर्वसाधारणको उपस्थिति रहेको थियो । उपस्थितहरुले निर्मलाको फोटो र ब्यानरमा मैले न्याय कहिले पाउने, निर्मलालाई कहिले न्याय दिने भन्ने शब्द लेखिएका प्ले कार्ड लिएका थिए ।
नेविसंघका निवर्तमान उपाध्यक्ष निलकण्ठ रिजालको नेतृत्वमा भएको कार्यक्रममा निवर्तमान उपाध्यक्ष सागर परियारले अपराध र विध्वंशको मानसिकताबाट अहिलेका गृहमन्त्री रामबहादुर थापा बादल निस्कन नसकेको भन्दै पछिल्लो गृहमन्त्रीको भनाइको चर्को आलोचना गरेका छन् ।
निर्मला र पछिल्ला घटनाका पीडितलाई न्याय दिन नेविसंघ नेतृ सुप्रीय जोशीले सरकारसंग आग्रह गरेकी छिन् ।
निर्मलाको गत वर्षको साउन १० गते बलात्कारपछि हत्या भएको थियो । प्रहरीले निर्मलाको हत्यारालाई अझसम्म पनि पक्राउ गर्न सकेको छैन ।

nema
Show More

Related Articles

Back to top button