समाचार

कावासोती र म्याग्दीमा एनसेलको टावरमा आगजनी, सेवा अवरुद्ध

काठमाडौं । नवलपुरको कावासोती मगरकोटमा रहेको एनसेलको टावरमा बुधबार राति अज्ञात समुहले आगजनी गरेको छ ।
आगजनीबाट टावरमा राखिएको जेनेरेटर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
टावरमा लागेको आगो स्थानीय र प्रहरीको प्रयासमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।
यस्तै म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको बन्चरेढुङ्गामा रहेको एनसेलको टावरमा पनि बुधवार राती अज्ञात समूहले आक्रमण गरी क्षति पुर्‍याएको छ ।
राती साढे १० बजे टावरमा वम विस्फोटको आवाजसंगै आगलागी भएको टावरका कर्मचारी हरिलाल घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार टावर रहेको ठाउँमा राखिएको जेनेरेटर, व्याटिवक्स लगायतका सम्पूर्ण सामानहरु जलेर नष्ट भएका छन् ।
टावरमा क्षति पुगेपछि एनसेलको सेवा अवरुद्ध भएको छ । घटनाको जिम्मेवारी कसैले पनि नलिएको बताइएको छ ।

nema
Show More

Related Articles

Back to top button