समाचार

काभ्रेमा दुर्घटना, मोटरसाइकल चालकको ज्यान गयो

काभ्रेपलाञ्चोक – काभे्रको बनेपा नगरपालिका–१४ साझा पेट्रोल पम्प नजिक बनेपाबाट साँगातर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको स्कर्पियो गाडीसँग शनिबार बिहान ठक्कर खाँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।
दुर्घटनामा बा५७प ९४६९ नम्बरको मोटरसाइकल चालक बनेपा नपा–१२ कोटथुम्काका २१ वर्षीय रविन थापाको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा १०ः३५ बजे मृत्यु भएको बनेपा प्रहरीले जनाएको छ ।
बा१७च ८११२ नम्बरको स्कर्पियोले बिहान १० बजे मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते मोटरसाइकलमा सवार बनेपा नपा–१२ कोटथुम्काका २६ वर्षीय सविन थापाको उपचार भइरहेको छ ।
घटनापछि स्कर्पियो चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button