समाचार

सरकारी जग्गा हडप्‍ने मालपोतका ६ जना कर्मचारी पक्राउ

काठमाडौं ÷ नेपाल प्रहरीले सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने ६ जना मालपोतका कर्मचारी पक्राउ गरेको छ। बाँके र बर्दियाका मालपोत कार्यालयमा काम गर्ने उनीहरुले नक्कली छाप र हस्ताक्षर प्रयोग गरेर करिब १५ बिगाहा सरकारी जमिन व्यक्तिको नाममा गराएका थिए।
पक्राउ पर्नेमा बाँकेका मालपोत अधिकृत दीर्घबहादुर पोखरेल, बर्दियाका मालपोत अधिकृत कृष्णप्रसाद ज्ञावाली, बर्दिया मालपोतकै नासु रविन्द्र थापा, कार्यालय सहायक सूर्यप्रसाद उपाध्याय, खरिदार ईश्वरकुमार रिजाल र बाँके मालपोतका खरिदार हेमराज शर्मा रहेका छन्।
पक्राउ परेका कर्मचारीले बाँकेको सिक्टा सिँचाई आयोजनाको ५ कठ्ठा १६ धुर, हनुमान गौशालाको ५ कठ्ठा १३ धुर र बर्दियास्थित भुरिगाउँको १४ बिगाहा जमिन व्यक्तिको नाममा गराएका थिए। पक्राउ पर्नेहरु केही समयदेखि फरार थिए। जग्गाको अनुसन्धानका क्रममा बाँके प्रहरीले यसअघि २१ जनालाई नियन्त्रणमा लिएको छ ।

nema
Show More

Related Articles

Back to top button