समाजसंस्था गतिबिधी

डा. हरिप्रसाद कँडेललाई संयोजकको जिम्मेवारी

२७ साउन, काठमाडौैँ÷ वीपी विचार राष्ट्रिय समाजले चितवन जिल्लामा अधिवेशन गरी नयाँ कार्यसमिति गठन गर्नको लागी डा. हरिप्रसाद कँडेललाई संयोजक तोकेको छ । समाजका केन्द्रीय सहसभापति गोविन्दराज जोशीले डा. कँडेललाई संयोजकको जिम्मेवारी दिएका हुन ।
चितवन जिल्लामा नयाँ जिल्ला अधिवेशन गरी नयाँ कार्यसमिति गठन गर्नुपर्ने समय भएको हुनाले ३ महिनाभित्र वीपी विचार राष्ट्रिय समाजको सदस्यता वितरण गरी समाजको नयाँ विधान अनुसार जिल्ला समितिको अधिवेशन गरी जिल्ला समिति गठन गर्न संयोजकमा मनोनयन गरिएको समाजका केन्द्रीय महासचिव विनयध्वज चन्दले जानकारी दिए ।
वीपी विचार राष्ट्रिय समाजको विधान ०६९ को धारा १५ बमोजिम चितवन जिल्ला अधिवेशन गर्न सदस्यता वितरण गरी ३ महिना भित्र अधिवेशन गरी जिल्ला समिति गठन गरी केन्द्रलाई प्रतिवेदन बुझाउनुपर्नेछ ।

nema
Show More

Related Articles

Back to top button