समाचार

मुस्लिम धर्माबलम्बीहरुले बकर इद विश्वभर मनाउँदै

२७ साउन, काठमाडौैँ÷ मुस्लिम धर्मावलम्बीहरुको महान चाड बकर इद आज विश्वभर धुमधामका साथ मनाईंदै छ । बकरइद रमजान अर्थात इदउलफित्र पछिको मुस्लिमहरुको यो दोस्रो ठूलो चाड हो । रमजानको ७० औं दिनमा मनाइने यो पर्वमा अल्लाहलाई खुशी राख्न मुस्लिम समुदायले धर्मअनुसार जायज मानिएका जनावरलाई बली दिने चलन छ । ।बली दिइएका पशुको मासु तीन भाग लगाई एक भाग गरीबलाई, अर्को भाग आफना इष्टमित्रलाई, र तेस्रो भाग आफै खाने धार्मिक मान्यता छ । बकर इद मनाउन आज बिहानैदेखि मुस्लिम समुदायहरु मस्जिदमा भेला भएका छन् । इदको अवसरमा प्रदेश १, २ र ५ मा सार्वजनिक बिदा दिइएको छ । बकर इदको उपलक्षमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताले शुभकामना व्यक्त गरेका छन् ।

nema
Show More

Related Articles

Back to top button