समाचारनेपाली कांग्रेस

कांग्रेस एसिया प्यासिफिक जनसम्पर्क समितिहरुको प्रशिक्षण मलेसियामा

क्वालालम्पुर । नेपाली कांग्रेसको मलेसियामा बसेको बैठकले केन्द्रीय कार्यसमितिसंग समन्वय गरी एसिया प्यासिफिक जनसम्पर्क समितिहरुको प्रशिक्षण मलेसियामा गर्ने निर्णय गरेको छ ।
मलेसियामा भएको बैठकले प्रशिक्षणमा प्रमुख अतिथिमा मलेसियाली प्रधानमन्त्री डा महाथिर, कांग्रेस सभापति शेरबहादुर देउवा एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई आमन्त्रण गर्ने निर्णय गरेको छ ।
कांग्रेस युवा नेता एवं सांसद रन्जित कर्णको प्रमुख आतिथ्यता एवं मलेसियाका नेपाली जनसम्पर्क समितिका सभापति चोलाकान्त पंगेनीको अध्यक्षतामा मलेसियाको क्वालालम्पुरमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
ठूलो सङ्ख्यामा मलेसियामा नेपालीहरुको उपस्थिति भएको हुनाले र संविधान अनुरुप मतदान अधिकारका लागि निर्वाचन आयोगसंग पहल गर्न कांग्रेस केन्द्रीय कार्य समितिलाई आग्रह गर्ने निर्णयसमेत गरिएको छ ।

nema
Show More

Related Articles

Back to top button