समाचारसाहित्य

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ बर्षको उमेरमा निधन

काठमाडौं ÷ वरिष्ठ साहित्‍यकार मदनमणि दीक्षितको बिहिवार बिहान ९७ बर्षको उमेरमा निधन भएको छ । पत्रकार कनकमणि दीक्षितले बिहीबार बिहान दीक्षितको निधन भएको ट्‍विट गरेका छन्। उनलाई अन्तिम श्रद्धाञ्जलीका लागि कालिकास्थानस्थित घरमा राखिने उनले लेखेका छन्।
दीक्षितले ुमाधवीु उपन्यासका लागि २०३९ सालको मदन पुरस्कार प्राप्त गरेका थिए। यही साल यो कृतिले साझा पुरस्कारसमेत पाएको थियो।
२०१४ सालदेखि पत्रकारिता थालेका मदनमणि दीक्षितले ३९ वर्षसम्म सक्रिय पत्रकारितामा आफूलाई भिजाएका थिए  । उनको सम्पादनमा प्रकाशित ‘समीक्षा’ पञ्चायतकालभरि शासकहरूको बक्रदृष्टिमा परेको थियो ।
उनको पहिलो रचना ुकसले जित्यो कसले हार्‍योु कथा वि।सं। २०१९ मा ुरूपरेखाु मा प्रकाशित भएको थियो। उपन्यास, कथासंग्रह, संस्मरण, निबन्ध जस्ता उनका थुप्रै कृति प्रकाशित छन्।
उनका मुख्य कृतिमा माधवी ९उपन्यास, २०३९०, चरैवेति ९निबन्ध संग्रह,२०४४०, त्यो युग ९निबन्ध संग्रह, २०४७०, हाम्रा ती दिन ९निबन्ध, २०२९०, म रुँदै बिर्सन्छु ९संस्मरण, २०२७० हुन्।
दीक्षितका श्रीमती, तीन छोरा र एक छोरी छन्। नाति अवनीलाई उद्धृत गर्दै दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने राष्ट्रिय समाचार समितिले जनाएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button