समाचार

सरकारले मनपरी ढंगले कर्मचारी सरुवा गरेको भन्दै सांसदहरुको आपत्ति

राष्ट्रियसभाका सांसदहरुले कार्यसम्पादन मूल्यांकनभन्दा पनि सरकारले राजनीतिक आस्थाका आधारमा कर्मचारी सरुवा गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सरकारले मनपरी ढंगले कर्मचारी सरुवा गरेको भन्दै आपत्ति जनाएका हुन् ।
राष्ट्रियसभाका सांसद एवं कानुनविद् राधेश्याम अधिकारीले करिब एक महिनाअगाडि एक वर्षका लागि प्रधानमन्त्रीले मन्त्रीहरुसँग र मन्त्रीहरुले सचिवहरुसँग कार्यसम्पादन सम्झौता गरेको मसी पनि सुक्न नपाउँदै १६ जना सचिवको सरुवा गरिएको भन्दै विरोध गरेका छनु ।
स्थायी सरकारकारुपमा रहेको प्रशासन संयन्त्रलाई अस्थीर बनाउँदा सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनलगायतका कार्यक्रममा नकारात्मक असर पर्ने उनको भनाइ थियो ।
सांसद डा। विमला पौडेलले पछिलो समयमा राजनीतिक दलहरुबीच भएको सर्वदलीय बैठक स्वागतयोग्य भएको बताइन् ।

nema
Show More

Related Articles

Back to top button