समाचार

मिडिया काउन्सिल विधेयको व्यवस्थाले लोकतन्त्र जोगिनेभन्दा पनि खतरामा पर्ने चिन्ता : काँग्रेस

काठमाडौं, भदौ १३ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले व्यवस्था र लोकतन्त्रको खिलाफमा वातावरण बनाउने गतिविधिमा संलग्न पत्रकार र सन्चार संस्थालाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।
लोकतन्त्रकाविरुद्ध जाने छुट पत्रकार र सन्चारगृहलाई नभएको भन्दै उनले त्यस्ता गतिविधिमा संलग्न पत्रकार र सन्चारगृहलाई कानुनी दायरामा ल्याउने चेतावनी दिए ।
मिडिया काउन्सिल विधेयकबारे शुक्रबार राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सरकारले कानुन बनाएर काम गर्नसक्ने बताए ।
उनले स्वतन्त्रताका नाममा स्वच्छन्दता हावी हुँदै गएको भन्दै एकपछि अर्को गर्दै मिडियामा यस्ता घटनाहरु आउन थालेको दाबी गरे ।
सुधार गर्न आग्रह
विधेयकको सैद्धान्तिक छलफलमाथि भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सांसदहरुले भने मिडिया काउन्सिल विधेयको व्यवस्थाले लोकतन्त्र जोगिनेभन्दा पनि खतरामा पर्ने चिन्ता गरे ।
कांग्रेस सांसद बद्री पाण्डेले विश्वमा यस्ता कानुनहरुले बाटोमात्र देखाउने भन्दै निर्देशन दिने व्यवस्था गर्न नहुने बताए ।
उनले प्रेससँग सम्बन्धित कानुनकै आधारमा देशको स्वतन्त्रताको मापन हुने भन्दै सरकारलाई विधेयकमा सुधार गर्न आग्रह गरे ।
सत्तारुढ दल नेकपाका सांसदहरुले भने केही विषय संशोधन गर्न सरकार तयार भइसकेको भन्दै ती विषय सुधार गर्दा मिडिया काउन्सिल विधेयक मिडियामैत्री हुने बताए ।

nema
Show More

Related Articles

Back to top button