breakingसंस्था गतिबिधीनेपाली कांग्रेस

पार्टीमा मनपरी नहटे कांग्रेस झनै कमजोर बन्छ ः गोविन्दराज जोशी

तनहुँ÷ नेपाली काँगे्रसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले बीपीको विचारमा काँगे्रस अडिग हुन नसक्दा देशमा पार्टी र राष्ट्रियता दुवै कमजोर हुन पुगेको दाबी गरेका छन् ।
बीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सहसभापति समेत रहेका जोशीले देशमा राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तका कारण देशमा निरंकुश राणा शासन र निर्दलीय पञ्चायती ब्यवस्था हटेर लोकतन्त्र स्थापना भएको स्मरण गदै उनले पछिल्लो समय बीपीका सिद्धान्तमा पार्टी र नेताहरु प्रतिबद्ध हुन नसकेको जिकिर गरे । यही कारण पार्टी कमजोर बन्दै गएको जोशीको टिप्पणी छ ।
१ सय ६ औैँ बीपी जयन्तीका अवसरमा तनहुँको दमौलीमा आयोजित कार्यक्रममा तत्कालीन समयमा रगतले लेखेर सदस्यता लिए पनि अहिले बीपीको नाम मात्र पार्टीले उपयोग गरेको भन्दै दुखेसो पोखे ।
पूर्व गृहमन्त्री समेत रहेका काँग्रेस नेता जोशीले बीपी विचार राष्ट्रिय समाजले बीपी जयन्ती मनाउन थालेपछि मात्र पार्टीले पनि बीपी जयन्ती मनाउन थालेको जिकिर गरे । समाजले बीपीका सिद्धान्त जनतासमक्ष पु¥याउन बीपी जन्मजयन्तीलाई वैचारिक बहस गर्ने मञ्चका रुपमा उपयोग गरेको उनले बताए ।
नेता जोशीले केही बर्षयता तनहुँमा पार्टीका कार्यकर्ताको योगदानलाई कमजोरी ठानिएको दुखेसो गरे ।पार्टीको जागरण अभियानमा आफ्ना कुरा राख्न आग्रह गदै उनले मञ्च नपाएपनि आवाज उठाउन आग्रह गरे । उनले पार्टीमा मनपरी गर्ने सोच अझै नहटे संगठन झनै कमजोर हुने भन्दै चिन्ता प्रकट गरे ।
समाजका जिल्ला अध्यक्ष डिल्लिराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व डिआइजी खोजबहादुर गुरुङ, समाजका  तनहुँ  सचिव हरिशरण पण्डित, सदस्यहरु गोपीबहादुर गुरुङ, गोपालप्रसाद भण्डारी, सुकुमलाल गुरुङ, परमेश्वर भट्टराई, भिमबहादुर अधिकारी, बालकृष्ण पौडेल, शिक्षक संघ तनहुँका अध्यक्ष कमलभक्त पोखरेल, इन्कन खनाल क्षेत्रीय सभापति रामदेव पन्थ लगायतले आफ्ना धारणा राखेका थिए ।
तनहुँ उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा ठूलो संख्यामा समाजमा आवद्ध जिल्लाभरका काँगे्रस कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । सोही अवसरमा समाजले नेपालको प्रजातान्त्रिक आन्दोलनमा भाग लिएका, जेल जिवन ब्यतित गरेका, र निर्वासनमा बसेका ४ जना नेताहरुलाई सम्मानीत गरेको छ । सम्मानीत हुनेहरुमा मोतिकुमार श्रेष्ठ, बुद्धिकुमार बतास, एकनारायण खनाल र तेजनाथ जोशी रहेको समाजले जनाएको छ ।
दिवसकै अवसरमा नेपाली काँगे्रस तथा यसका भातृ संगठनहरुले जिल्लाका विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम समेत गरेका थिए ।

nema
Show More

Related Articles

Back to top button