विश्व

तेल प्रशोधन केन्द्रमा भएको आक्रमणको उचित जवाफ दिने साउदीको चेतावनी

५ असोज, काठमाडौैँ÷ साउदी अरेबियाले आफ्ना तेल प्रशोधन केन्द्रमा भएको आक्रमणको उपयुक्त जवाफ दिने चेतावनी दिएको छ । आफ्ना दुई ठूला तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि रुष्ट बनेको साउदीले आक्रमणको जवाफ दिने चेतावनी दिएको हो । साउदीले आक्रमणमा इरानको संलग्नता रहेको पनि दोर्होयाएको छ । आक्रमणमा प्रयोग भएका सबै हतियार इरानी रहेको उसको दाबी छ । साउदी अरेबियाका विदेश मन्त्री अब्देल अल–जुबेरले चाँडै नै आक्रमणका सम्बन्धमा गरिएको अनुसन्धानको विस्तृत निष्कर्ष सार्वजनिक गर्ने बताए । साउदीका दुई प्रशोधन केन्द्रमा सेप्टेम्बर १४ मा १८ वटा ड्रोन तथा सातवटा क्रुज मिसाइल आक्रमण भएको थियो । त्यसपछि साउदीले तेल तथा ग्यासको उत्पादनमा कटौती गरेको छ । अमेरिका तथा साउदी अरेबियाले आक्रमणमा इरानको संलग्नता रहेको र त्यसका प्रमाणहरु प्राप्त भएको बताउँदै आएका छन् । तर इरानले भने आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।

nema
Show More

Related Articles

Back to top button