समाचार

दसैका लागि आइतबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला

काठमाडौैँ÷ यस वर्षको दसैंका लागि आइतबारदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । यातायात व्यवसायी र सरकारबीच दसैंमा उपत्यकाबाट बाहिरिने यात्रुका लागि टिकट खुलाउने यसअघिको सहमति अनुसार आजबाट टिकट बुकिङ खुल्न खुला भएको हो । नयाँ बसपार्क, गौशाला, सुन्धारा, कलंकी तथा कोटेश्वरबाट सम्बन्धित क्षेत्रका यात्रुलाई लक्षित गरी विभिन्न कम्पनी र समितिहरुले अग्रिम टिकट खुला गरेका हुन् । टिकट बुकिङ गर्न काउन्टरहरुमा बिहानै बाट यात्रुको भिड लागेको छ । लामो दूरीको यात्राका लागि टिकट बुकिङ खुला भए पनि नजिकका जिल्लाका लागि भने केही दिनपछि बुकिङ खुल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । दसैंको बेलामा एकैचोटी धेरै यात्रु उपत्यका बाहिर जाने भएकाले यात्रुको सहजताका लागि हरेक वर्ष अग्रिम टिकट बुकिङ खोल्ने गरिएको छ । यसैबीच, यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष पनि सञ्चालनमा आएको छ । सहायता कक्षले यात्रुलाई पर्ने समस्यामा सहजीकरणको काम गर्ने यातायात व्यवस्था बिभागले जनाएको छ ।
चाडपर्वलाई मध्यनजर गदै रुट इजाजत खुल्ला गरिने
दशैँ, तिहार, छठ लगायतका चाडपर्वलाई मध्यनजर गर्दै मुलुकभर नै सवारी साधनहरूको रुट इजाजत खुला गरिने भएको छ । सीमित रुट इजाजत पाएका सवारी धनीले यस वर्षको चाडपर्वमा मुलुकभर आफ्नो सवारी साधन चलाउन पाउने भएका हुन् । चाडपर्वका अवसरमा बिनारोकटोक र झन्झटबिना सवारी धनीले आफ्नो सवारी साधन मुलुकका जुनसुकै कुनामा पनि गुडाउन पाउने र चाडपर्वको आनन्द लिऊन् भन्ने उद्देश्य सहित दशैँ, तिहार र छठको समयमा मुलुकभर सवारी साधनहरूको रुट इजाजत खुला गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button