breakingसमाचारनेपाली कांग्रेस

सरकारको बेइमानीमा समाजवादी पार्टीले सघाएको कांग्रेस नेता थापाको आरोप

७ असोज, काठमाडौैँ÷ नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री गगन थापाले सरकारको बेइमानीमा समाजवादी पार्टीले सघाएको आरोप लगाएका छन् । जनकपुरस्थित पार्टी कार्यालयमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा नेता थापाले वर्तमान सरकार विगतका सम्झौताहरुलाई लत्याउँदै विधेयक ल्याउन लागि परेको बताए ।
सांसद थापाले विधेयक ल्याउनमा समाजवादी पार्टीले समेत सघाउने गरेको भन्दै सरकारको बेइमानीमा समाजवादी पार्टी साझेदार बनेको जिकिर गरे । वर्तमान सरकारको शक्ति दुरुयोग रोक्न दशैंपछि सडक संघर्षमा उत्रने नेता थापाको चेतावनी छ । नेता थापाले अब कांग्रेसको एउटै एजेण्डा २०७९ सालको चुनाव जित्ने रहेको पनि बताए । संविधान संशोधन गरी स्वीकार्य बनाउन सकिएन भने देशमा दुर्घटना हुने तर्फ इङ्गित गर्दै उनले अगामी निर्वाचन जितेर नसमेटिएका बुँदालाई समेट्ने गरी संविधान संशोधन गर्ने दावी समेत गरेका हुन् । फरक प्रसंगमा नेता थापाले चिनीयाँ राष्ट्रपति सि जिन पिङको नेपाल भ्रमणको पुर्वसंध्यामा नेकपा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीले सि विचारधारा अबलम्ब गर्नुपर्ने धारणा राखेकोप्रति आपत्ति समेत जनाए ।

nema
Show More

Related Articles

Back to top button