समाचार

प्रदेश नंवर २ मा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

१० असोज, काठमाडौैँ÷ वर्तमान सुरक्षाको अवस्था र चुनौती विषयमा छलफल गर्न प्रदेश नम्बर दुईको जनकपूरमा प्रदेश स्तरीय सुरक्षा गोष्ठी शुक्रबारबाट सुरु भएको छ । शनिवारसम्म चल्ने गोष्ठीमा प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, राज्यमन्त्री सरोज सिंह, आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका अधिकारीसहितको सहभागिता रहेको छ । गोष्ठीमा केन्द्रबाट गृहमन्त्री रामबहादुर थापा सहभागि हुने कार्यक्रम छ । प्रदेश २ मा केहिदिन यता दैनिकजसो लुटपाट, हत्या, बलात्कार, चोरी जस्ता घटना भएपछि गृहमन्त्रालय र प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयको समन्वयमा संयुक्त गोष्ठीको आयोजना गरेको बताइएको छ । गोष्ठीले प्रदेशको अगामी सुरक्षा रणनीति तय गर्ने धनुषाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिए ।

nema
Show More

Related Articles

Back to top button