breakingसमाचार

काठमाडौैैँ उत्रिए चिनियाँ राष्ट्रपति सी जिङपिङ

काठमाडौँ – दुई दिने औपचारिक भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी जिङपिङ काठमाडौैँ आइपुगेका छन् ।
भारतको चेन्नाईबाट विशेष विमानमार्फत सी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनी चिनियाँ एयरजेजको जहाजमा काठमाडौैँ उत्रिएका हुन् ।
राष्ट्रपति सीलाई विमानस्थलमा समकक्षी विद्यादेवि भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन्। उनलाई विमानस्थलमै गार्ड अफ अनर दिइने छ ।
त्यसपछि सी सोझै सोल्टी होटल प्रस्थान गर्नेछन् । दुई समकक्षीबीच शनिबार नै शीतल निवासामा शिष्टाचार भेटवार्ता हुने कार्यक्रम छ ।
उनले आजै कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति सी आज राति नेपाली समकक्षी भण्डारीले आयोजना गरेको रात्रीभोजमा सहभागी हुनेछन्। राष्ट्रपति सीको सुरक्षाको लागि नेपाली सेनाको नेत्रित्वमा करिव १५ हजार सुरक्षाकर्मी काठमाडौैँमा परिचालन गरिएको छ ।

nema
Show More

Related Articles

Back to top button