breakingसमाचारसंस्था गतिबिधी

बीपीका छोरा दरबार छिरे, भाइले दरबारको ढोका बन्द गरिदिए –केबी गु्रुङ

वीपी विचार राष्ट्रिय समाजका सभापति के.वी गुरुङले जननायक विश्वेश्वरप्रसाद कोइरालाले राजाको ढोका सधै खुल्ला राख्न भन्नुभएकोमा उहाँकै छोरा राजाको दरबारको ढोकाभित्रै छिरेको र उहाँकै भाई गिरिजाप्रसाद कोइरालाले दरबारको ढोका बन्द गरिदिएको बताउनुभएको छ ।
वीपी विचार राष्ट्रिय समाजले आइतबार काठमाडौैँमा आयोजना गरेको अन्तराष्ट्रिय स्तरमा संगठन विस्तार संवन्धी अन्तक्र्रिया कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गदै सभापति गुरुङले काँग्रेसहरुका बीच काँगे्रस खोज्नुपर्ने अवस्था आएको जिकिर गर्नुभयो । उहाँले वीपीका विचार ओझेलमा परेको बताउँदै आफूले काँगे्रसहरुका बीचमा काँगे्रस खोजिरहेको उल्लेख गर्नुभयो । नेपाली काँगे्रसका केन्द्रीय सदस्य समेत रहनुभएका गुरुङले काँगे्रसभित्र सच्चा काँगे्रस खोज्न सबैलाई आग्रह गर्नुभयो ।
सोही कार्यक्रममा वीपी विचार राष्ट्रिय समाजका सहसभापति गोविन्दराज जोशीले वीपी विचार राष्ट्रिय समाजले वीपीका विचारलाई मात्र प्राथमिकता दिएको बताउनुभयो । उहाँले वीपीले आफ्ना विचार र नेपाली काँगे्रसको इतिहास लेख्न शैलजा आचार्यलाई किन भन्नुभयो भनेर प्रश्न समेत गर्नुभयो । वीपीका नजिक अन्य थुप्रै नेताहरु पनि हुनुहुन्थ्यो तर उहाँहरुलाई इतिहास लेख्न नभनेर शैलजालाईनै किन भन्नुभयो भन्ने कुरामा विचार विमर्श हुनुपर्ने उल्लेख गर्नुभयो ।
वीपीले एक सन्देशमा भनेको कुरालाई उल्लेख गदै उहाँले जुन दिन नेपाली काँगे्रसले सत्तालाई आफ्नो प्राथमिकतामा राख्छ त्यसै दिनदेखि काँगे्रस निरर्थक हुने सुनाउनुभयो । नेपाली काँगे्रसले आफ्नो सिद्धान्त आदर्श र वीपी विचारलाई छोडेका कारण आज काँगे्रस यो अवस्थामा आएको सहसभापति जोशीको दाबी छ ।
उहाँले वीपीले ‘म मरेपछि मेरा विचारका सन्दर्भमा भ्रम सिर्जना गरिने छ भन्ने मलाई पक्का छ ’भन्नुभएको स्मरण गदै आज नेपाली काँगे्रसमा वीपी विचारका सन्दर्भमा भ्रम सिर्जना गरिएको जिकिर गर्नुभयो ।

पूर्व मन्त्री समेत रहनुभएका जोशीले वीपीले आफूलाई सधै जनताको श्रेणीमा राखेको तर गिरिजाप्रसाद कोइरालाले आफूलाई नेताको श्रेणीमा राखेको स्मरण गर्नुभयो । २०४६ सालको जनआन्दोलनमा बामपन्थीहरुसँग मिलेर आन्दोलन गर्नु कति उचित थियो भन्ने प्रश्न गदै वीपी बामपन्थीहरुसँग सहकार्य गर्ने पक्षमा कहिल्यै पनि नरहेको चर्चा गर्नुभयो । १२ बुँदे सम्झौता हुँदाका बखतमा भएको माओवादी र नेकपा एमाले दुवै पार्टीको अस्तित्वनै नरहेको र उनीहरुले आफ्नो सिद्धान्तलाई सोडी सकेको सन्दर्भमा नेपाली काँगे्रसले त्यसैलाई बोकिरहनु आवश्यक नरहेको बताउनुभयो । उहाँले वीपीका विचारलाई अन्तराष्ट्रिय स्तरमा पु¥याउन वीपी विचार राष्ट्रिय समाज क्रियाशील रहेको कुरा पनि बताउनुभयो ।
कार्यक्रमको प्रारम्भमा संस्थाका महासचिव विनयध्वज चन्दले संस्थाको उदेश्यमाथि प्रकाश पार्नुभएको थियो । उहाँले वीपी विचार राष्ट्रिय समाजले वीपीका विचारहरुलाई जनस्तरसम्म पु¥याउनका लागि गरेका महत्वपूर्ण कार्यहरुको चर्चा गदै नेपाली काँग्रेसमा लागेर सहादत प्राप्त गरेका १२ जना अग्रजहरुको सम्बन्धमा अनुसन्धानात्मक लेखहरु संकलन गरी आगामी दिनमा प्रकाशनमा ल्याउन लागेको जानकारी दिनुभयो ।

सोही कार्यक्रममा एसिया प्यासिफिक (जापान)का प्रतिनिधि सुवाश लोहनीले वीपीका विचारलाई विश्वस्तरमा पु¥याउनु आजको आवश्यकता रहेको औँल्याउँदै नयाँ पुस्तासम्म वीपीका विचारहरु पु¥याउनुपर्नेमा जोड दिनुभयो । यस्तै एनआरएनका कोषाध्यक्ष हिक्मत थापाले वीपी विचार अन्तराष्ट्रिय विचार भएका कारण प्रजातान्त्रिक समाजवाद विश्वब्यापी रहेको चर्चा गर्नुभयो । सोही कार्यक्रममा एनआरएन अस्टे«लियाका प्रतिनिधि नारायण काफ्लेले वीपी विचार राष्ट्रिय समाजलाई नेपाली काँगे्रसको थिङ्क ट्याङ्कको रुपमा विकास गर्नुपर्ने आवश्यकता औैँल्याउँदै यसलाई विश्वब्यापी बनाउनुपर्ने चर्चा गर्नुभयो । एनआरएन अस्ट्रेलियाकै प्रतिनिधि दिनेश जोशीले काँगे्रसलाई सहि बाटोमा ल्याउनका निम्ति वीपी विचारलाई परिमार्जित गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी एनआरएन जापानका प्रतिनिधि विश्ववन्धु भण्डारीले वीपीको सवैभन्दा महत्वपूर्ण कुरा राष्ट्रियता भएको चर्चा गदै अहिले नेपालमा भएका नेताहरुमा राष्ट्रियताको अभाव खडकिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा लोकेन्द्रध्वज खाँडले वीपीका विचार प्रयोगमा ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो भने सावित्रा पोखरेलले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
एनआरएन अफ्रिकाका प्रतिनिधि मना थापा र दिनेश राईले एनआरएन कम्युनिष्टहरुको मञ्च भएको उल्लेख गदै वीपी विचारलाई विश्वब्यापी बनाउनुपर्ने चर्चा गर्नुभयो ।
कार्यक्रममा हरिबहादुर कार्की, नरेन्द्र बस्नेत (जापान) कृष्ण गैरे(जापान) पारसमणी पौडेल (जापान) र राजेन्द्र विरही (कुवेत) र वेदराज पराजुली (बेलायत)ले पनि वीपीका विचारलाई विश्वब्यापी बनाउनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रमका सभापति तथा वीपी विचार राष्ट्रिय समाजका विदेश संयोजक ढुन्डीराज पोखरेलले वीपीका विचारलाई संगठीत रुपमा अगाडी बढाउनका निम्ति ब्याख्या र विश्लेषणको आवश्यकता रहेको औैँल्याउँदै वीपी विचारलाई अन्तराष्ट्रिय स्तरमा फैलाउनुपर्ने जिकिर गर्नुभयो । उहाँले नेपाली जहाँ पुगेका छन् त्यहाँ वीपीका विचार पनि पु¥याउनुपर्ने चर्चा गर्नुभयो । कार्यक्रमको सञ्चालन वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य तथा नेपाली काँगे्रसका युवा नेता लोकेश ढकालले गर्नुभएको थियो ।
 

 
 
 
 

nema
Show More

Related Articles

Check Also
Close
Back to top button