breakingसमाचार

पार्टी खोलेर चुनाव लड्न पूर्वराजा शाहलाई बाबुरामको सुझाव

३० असोज, गोरखा÷ पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पद चाहिए पार्टी खोलेर चुनाव लड्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।
पार्टीको आयोजनामा बिहीवार गोरखामा आयोजित चाडवाड लक्षित शुभकामना आदान प्रदान कार्यक्रममा बौल्दै उनले राजतन्त्र फर्कने सम्भावना नरहेको दाबी गरे ।
जातिय र वंशिय आधारमा देश चलाउने दिन समाप्त भएको तर्क गर्दै उनले लोकतान्त्रिक गणतन्त्र पश्चात मुलुक विकास र समृद्धिको नयाँ चरणमा पुगेको र एजेण्डा समेत फेरिएको उल्लेख गरे ।
दशैंमा जनता टिका लगाउन गए भन्दैमा राजतन्त्र आउँछ भन्नु गलत भएको उनको भनाइ छ । ‘चाडवाडको समयमा पूर्वराजासँग जनताले टिका लगाए भन्दैमा राजा चाहियो भन्नु गलत भएको भट्टराईको भनाई छ ।
दलहरु बीच एकता हुनु आवश्यक रहेको उनले सुनाए ।

nema
Show More

Related Articles

Back to top button