समाचार

सीमा नाकामा संयुक्त गस्ती

नेपालगञ्ज – छिमेकी मुलुक भारतको उत्तर प्रदेशमा हुन थालेको उपनिर्वाचनलाई मध्यनजर गरेर आइतबार दशगजामा नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती गरेका छन्। दुबै देशका सुरक्षा अधिकारीहरुले जमुनाहा गेटदेखि ३० नम्बर पिलरसम्म संयुक्त गस्ती गरेका हुन् । बहराइचमा सोमबार हुने उपनिर्वाचनलाई मध्यनजर गदै सुरक्षा ब्यवस्था कडा पारिएको छ ।
गस्तीमा सशस्त्र प्रहरीका प्रहरी निरीक्षक जगतबहादुर रावल, नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक माधव रिजाल, भारतीय प्रहरी इन्स्पेक्टर मनिष पाण्डे र एसएसबीका रुपैडिहा इन्चार्ज रमेशकुमार लगायतका सुरक्षार्की सहभागी भएको बताइएको छ ।
भारतमा हुन थालेको उपनिर्वाचनलाई मध्यनजर गरेर नेपालगञ्ज नाका सील गरिएको छ । सोमबार साँझसम्म नाका सील हुने बताइएको छ ।
चुनावका बेलामा नाकामा अपराधिक गतिविधि हुन नदिन संयुक्त गस्ती गर्ने गरिएको छ ।

nema
Show More

Related Articles

Back to top button