breakingसमाचार

शहिद सरोजप्रसाद कोइरालाको ४६ औैँ स्मृति दिवस भब्य रुपले मनाइयो

धनुषा÷ शहिद सरोजप्रसाद कोइरालाको ४६ औैँ स्मृति दिवस शनिवार जनकपुरमा मनाइएको छ । वी.पी विचार राष्ट्रिय समाज धनुषाले शहिद कोइरालाको स्मृति दिवस भब्य रुपले मनाएको हो ।
स्मृति दिवसको अवसरमा आयोजित समारोहमा विभिन्न क्षेत्रमा योगदान पु¥याएकाहरुलाई सम्मान गरिएको थियो । साथै सोही कार्यक्रममा बृक्षारोपण समेत गरिएको आयोजकले जनाएको छ ।
वी.पी विचार समाज धनुषाका अध्यक्ष सुरेश कोइरालाको अध्यक्षतामा स्मृति दिवस मनाइएको हो ।
स्मृति दिवसको अवसरमा समाजले ललन चौधरी, सुकेश्वर ठाकुर, रामदयाल राउत, जयकृष्ण साह लगायतलाई सम्मान गरेको छ । कार्यक्रमको प्रमुख अतिथि नेपाली काँगे्रसका नेता चन्द्रमोहन यादबले उनीहरुलाई सम्मानीत गरेका थिए ।

nema
Show More

Related Articles

Back to top button