समाचार

गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल आगामी वैशाखबाट सञ्चालनमा आउने

५ कात्तिक, काठमाडौैँ÷निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल आगामी वैशाखबाट सञ्चालनमा आउने तयारी गरिएको छ । आगामी बैशाखबाट नियमित रुपमा अन्तराष्ट्रिय विमान उडान तथा अवतरण गर्ने गरी विमानस्थलको काम तीव्र बनाइएको हो । सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई लक्षित गरी विमानस्थल निर्माणलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ । विमानस्थल सञ्चालनका लागि आवश्यक भौतिक संरचना निर्माणको काम अहिलेसम्म ८२ प्रतिशतसम्पन्न भएको विमानस्थल सुदृढीकरण कार्य आयोजना इकाई रुपन्देहीका प्रमुख प्रवेश अधिकारीले जानरकाी दिए । उपकरण जडानको काम बाँकी रहेकाले उपकरण आइसकेपछि आगामी डिसेम्बरसम्म काम सम्पन्न हुने उहाँको भनाई रहेको छ ।

nema
Show More

Related Articles

Back to top button