समाचार

नेवारी समुदायले आज किजा पूजा गदै

काठमाडौं । नेवार समुदायले बुधवार किजा पूजा अर्थात् भाइटीका लगाउँदैछन् । हिजो म्हः पूजा अर्थात् आत्मपूजा गरेका नेवार समुदायले किजा पूजा अर्थात् भाइटीका लगाउन मनाउन लागेका हुन ।  पञ्चांग निर्णायक समितिले लक्ष्मीपूजादेखि भाइटीकाको दिनसम्म अर्थात १०, ११ र १२ गतेमात्र सार्वजनिक विदा दिन सरकारलाई सिफारिस गरेको थियो । तर, नेवार समुदायले भाइटीका १३ गते मनाउने भन्दै विदा दिन प्रधानमन्त्रीसँग आग्रह गरेपछि सरकारले बुधवार सार्वजनिक विदा समेत दिएको छ ।
हिजो नेपाल सम्वतको नयाँ वर्ष भएकाले आज किजा पूजा मनाउन लागिएको संस्कृतिविद्हरुले बताएका छन् । नेपाल पञ्चांग निर्णायक समितिले भाइटीकाकै दिन म्हः पूजा गर्ने निर्णय गरेको थियो । त्यही निर्णय अनुसार कतिपयले हिजो नै म्हः पूजा गरेका थिए । कतिपयले भने भाइटीकाको अघिल्लो दिन म्हः पूजा गर्ने चलन रहेको भन्दै सोमबारै म्हः पूजा गरेका थिए ।

nema
Show More

Related Articles

Back to top button