समाचार

नेपाल र संयुक्त अरब इमिरेट्स यूएईबीचको संयुक्त कार्य समूहको बैठक सुरु

नेपाल र संयुक्त अरब इमिरेट्स यूएईबीचको संयुक्त कार्य समूहको पहिलो बैठक काठमाडौंमा सुरु भएको छ । श्रम समझदारीको कार्यान्वयनमा मार्गप्रशस्त गर्न दुवै देशका प्रतिनिधि सम्मिलित बैठक बसेको हो । दुई देशबीच भएको समझदारीको प्रभावकारी कार्यान्वयन, कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी विषयमा लाग्ने विषयगत लागत निर्धारण गर्ने लगायतका प्राविधिक विषयलाई बैठकले टुंगाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । बैठकमा ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व श्रम मन्त्रालयका सहसचिव डा रामप्रसाद घिमिरेले गर्नुभएको छ । यस्तै यूएईका तर्फबाट त्यहाँका मानव संशाधन मन्त्रालयको अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखाका निर्देशक अब्दुल्लाह अल नुवाइमीले नेतृत्व सम्हानुभएको छ । बैठकले प्राविधिक विषय टुङ्गो लगाएपछि नयाँ श्रम समझदारीका प्रावधानअनुसार नेपाली श्रमिकले सेवा सुविधा प्राप्त गर्नेछन। बैठक भोेलिसम्म चल्नेछ ।

nema
Show More

Related Articles

Back to top button