breakingसमाचार

सुनकोशी बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो

दोलखा÷ दोलखाबाट काठमाडौं आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ। दुर्घटनामा ९ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिएका हुन । मृतकको सनाखत हुन भने बाँकी रहेको छ । आइतबार दिउँसो दोलखाको शैलुङ गाउँपालिकाको माघापौवाबाट शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस चौतारा सांगाचोकगढी गाउँपालिकाको ९ सुकुटेमा दुर्घटना भएको थियो। बसमा ३४ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । डीएसपी माधवप्रसाद काफ्लेका अनुसार बस सुनकोशीमा खसेको छ। अहिले घाइतेहरुको उद्धार जारी रहेको छ।घटनाको पुरा विवरण आउन बाँकी छ ।

nema
Show More

Related Articles

Back to top button