समाचारनेपाली कांग्रेस

कांग्रेसको आन्तरिक कलहका कारण तल्लो तहको कार्यसमिति गठन प्रभावित

२९ पुष, काठमाडौैँ÷ नेपाली कांग्रेस भित्रको आन्तरिक कलहका कारण तल्लो तहको कार्यसमिति गठन प्रक्रृया प्रभावित भएको छ । वडा, गाँउपालिका तथा नगरपालिकाको कार्यसमिति गठन गर्न आज सम्मका लागि समय निर्धारण गरिएको भए पनि समयमा काम नसकिएको हो ।
हाल सम्म ३० जिल्लाका स्थानीय तहमा मात्रै कांग्रेसका संरचना निर्माण प्रक्रिया सम्पन्न भएको बताइएको छ । पार्टी भित्रको आन्तरिक गुटका कारणले समायोजन नसकिएको निर्वाचन समितीको भनाई छ ।
संस्थापन र इतरसमूहको विावदको प्रभाव जिल्ला समितीहरुमा पनि परेका कारण समस्या भएको बताइएको छ । समायोजनका लागि आँकडा पठाउन निर्वाचन समितिले ताकेता गरे पनि कतिपय जिल्ला सभापतिहरुले नाम नपठाएको निर्वाचन समितिले जनाएको छ । संघीय संरचनाअनुरुप संगठन बनाउन केन्द्रीय समिति बैठकले विगतकै कार्यसमितिलाई रुपान्तरण गर्ने गरि समायोजन गर्ने निर्णय गरेको थियो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button