समाचारनेपाली कांग्रेस

एससीसी संसदबाट पारित गर्न सरकारलाई काँगे्रस सभापति देउवाको आग्रह

५ माघ, काठमाडौैँ÷ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी परियोजना संसदबाट पारित गर्न सरकारसँग आग्रह गर्नुभएको छ । आज दाङमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले उक्त परियोजना नेपालको हितमा रहेको जिकिर गर्दै संसदबाट जसरी पनि पारित हुने बताउनुभयो ।
एमसीसी आफू प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदले पारित गरेको जानकारी दिँदै उहाँले यति ठूलो रकम अमेरिकाले पहिलो पटक सहयोगमा दिएकाले जसरी पनि पारित गरिनुपर्नेमा जोड दिनुभयो ।
एमसीसी पारित भए विद्युत व्यापार विस्तारमा महत्वपूर्ण सहयोग पुग्ने दाबी पनि उहाँले गर्नुभयो । एमसीसी पारित भए नेपालले भारतलाई विद्युत बेच्न सजिलो हुने भन्दै सभापति देउवाले बुटवलदेखि नयाँदिल्लीसम्म भारतले ट्रान्समिसन लाइन बनाउन सुरु गरिसकेको बताउनुभयो ।
उहाँले राष्ट्रियताको पक्षमा बोल्दा सत्ता पक्षलाई चित्त दुखेको भन्दै ओली सरकारले दुई बर्षसम्म भ्रष्टाचारबाहेक अरु केही नगरेको आरोप लगाउनुभयो ।

nema
Show More

Related Articles

Back to top button