breakingसमाचार

सभामुखमा अग्नि सापकोट पक्का,काँग्रेसले उम्मेदवारी मनोनयन दर्ता नगर्ने

काठमाडौं । सत्तारुढ नेकपाका तर्फबाट सांसद अग्नि सापकोटाले सभामुख निर्वाचनकालागि उमेद्वारी दर्ता गराउनुभएको छ । सापकोटाले आज संसद भवनमा पुगेर उम्मेद्वारी दर्ता गराउनुभएको हो ।
संसद सचिवालयमा दर्ता गरिएको उम्मेदवारीमा प्रस्तापकमा पुर्व सभामुख सुवासचन्द्र नेम्वाङ हुनुहुन्छ भने समर्थनमा पुर्व सभामुख वनसरी घर्ती, देव गुरु र राजपाका सांसद लक्ष्मणलाल कर्ण रहनुभएको छ ।
उम्मेदवारी दर्ता पछि छोटो प्रतिक्रिया दिदै सापकोटाले आफ्नो उम्मेदवारी प्रतिनिधिसभाको गरिमा उचो राख्न रहेको बताउनुभयो ।
यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभामुखको उम्मेदवारी मनोनयन दर्ता नगर्ने भएको छ ।
संसदमा नेकपाको स्पष्ट बहुमत रहेको र सभामुख भूमिका तटस्थ भएकाले पार्टीले सभामुखमा उम्मेदवारी दर्ता नगराएको काँग्रेस सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो ।
यसैगरी साना दल र स्वतन्त्रबाट समेत सभामुखको लागि उम्मेदवारी दर्ता भएको छैन् । यस कारणपनि अग्नि सापकोटा सभामुखमा पक्का भएको छ ।

nema
Show More

Related Articles

Back to top button