समाचार

रुपन्देहीमा सवारी दुर्घटना ः तीन जनाको ज्यान गयो

१४ माघ, काठमाडौैँ÷ रुपन्देहीको छिपागढ भन्ने स्थानमा सवारी दुर्घटना हुुदाँ तीन जनाको ज्यान गएको छ । आज बिहान ३ वटा ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य ९ जना घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु भएको सनाखत भएको छैन घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ । घाइतेलाई भैरहवा स्थित भिम अस्पताल र युनिभर्षल मेडिकल कलेज रानीगाउँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक केशव ज्ञवालीले जानकारी दिनुभयो । भैरहवादेखि परासी तर्फ आउदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक र बिपरित दिसा बाट जादै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको ट्रक अत्याधिक कुहिरोको कारण एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button