समाचार

विद्युत् महसुल दरमा परिवर्तन गर्ने तयारी

नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल दरमा परिवर्तन गर्ने तयारी गरेको छ । नयाँ दर स्वीकृत गरेको प्राधिकरणले स्वीकृतिका लागि आज विद्युत् नियमन आयोगमा प्रस्ताव पठाउन लागेको छ ।
प्रस्तावित दर अनुसार १० युनिटसम्म निःशुल्क हुने व्यवस्था गर्न लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जानकारी दिनुभयो । हाल १० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको संख्या आठ लाख रहेको प्राधिकरणले जनाएको छ ।
उपभोक्तालाई विद्युत् खपत बढी गराउन प्रेरित गर्ने गरी नयाँ महसुल दर तय गर्न लागिएको र त्यसका लागि महसुल दर विभिन्न आठ श्रेणीमा विभाजन गरिएको छ । प्राधिकरणले प्रस्ताव गरेको नयाँ दर ११ युनिटदेखि ३०, ३१ देखि ५०, ५१ देखि १००, १०१ देखि १५० र १५१ देखि २००, २०१ देखि ४०० र ४०० देखि माथि गरी आठ श्रेणीमा विभाजन गरिएको छ । नयाँ महसुल दर विद्युत् खपत दर बढी गर्न प्रोत्साहन गर्ने सोचका साथ प्रस्ताव गरिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरले जानकारी दिनुभयो ।

nema
Show More

Related Articles

Back to top button