समाचार

बोराको थुप्रोले किचेर एकै परिवारका ४ जनाको मृत्यु

१६ माघ, काठमाडौैँ÷ बोराको थुप्रोले किचेर भैरहवाको गल्लामण्डीमा एकै परिवारका चार जनाको ज्यान गएको छ । कवाडी सामान जम्मा गर्ने र बोरा सिलाउने काम गर्दै आएका उनीहरुको सुतेको समयमा बोराको खातले किचिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा भारत बिहार घर भएर सिद्धार्थ नगरपालिका–६ मा बस्दै आएका ३० वर्षीय सहजात हुसैन, उनकी २६ वर्षीया श्रीमती सद्दाम खातुन, ६ वर्षीय सुल्तान हुसैन र २ वर्षीया सहिना खातुन रहेको प्रहरीले जनाएको छ । उनीहरु १५ वर्षदेखि बोरा सिलाउने काम गर्दै आएको बताइएको छ ।

nema
Show More

Related Articles

Back to top button