breakingसमाचार

दशगजा क्षेत्रमा सीमा स्तम्भ राख्न सुरु

२० माघ, काठमाडौैँ÷ नेपाल भारतीय सीमा सर्वेक्षण टोलीको उपस्थितमा सशस्त्र प्रहरीले सिरहाले दसगजा क्षेत्रमा सीमा स्तम्भ राख्न सुरु गरेको छ । हिजोसम्म ५४ वटा सानो पिलरको काम सम्पन्न भएको प्रहरीले जनाएको छ । सानो देखिएका, हराएका र भत्केका ठाउँमा सिरहा नगरपालिका १६ माडरबाट नयाँ पिलर राख्न सुरु गरिएको सशस्त्र प्रहरी सिरहाका एसपी प्रविण कडेँलले जानकारी दिनुभयो ।
नयाँ पिलर राखिएपछि विवाद हुने समस्या हटने कडेँलको भनाइ छ । ३८८ वटा पिलरमध्ये समस्या देखिएका ठाउँमा नयाँ पिलर राखिने एसपी कडेँलले बताउनुभयो । यसैबीच, ठाडी भन्सार कार्यालय क्षेत्रअन्तर्गत पर्ने सीमा क्षेत्रमा सशस्त्र प्रहरीले अस्थायी जाँच चौकी राख्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध सिर्जना गरेको छ । भन्सार कार्यालयको दक्षिणतर्फ सीमा क्षेत्रमा अस्थायी जाँच चौकी राख्न खोजेको थियो । त्यहाँ भारतीय सीमा सुरक्षा बलका अधिकारीहरुले उक्त क्षेत्र दसगजा क्षेत्रमा पर्ने भन्दै जाँच चौकी राख्न नदिएको बताइएको छ ।

nema
Show More

Related Articles

Back to top button